रौतहट ।। कोरोना कोभिड–१९ को संक्रमण रौतहट जिल्लाको समुदायमा फैलिदै गएको छ ।
मंगलवार मात्रै गरुडा नगरपालिकामा एकजना युवा नेता, पेट्रोल पम्पका संचालक, पोठियाही हेल्थपोष्टका अहेव सहित ११ जनामा कोरोना भाईरसबाट संक्रमित भएको पुष्टि भएको हो । संक्रमित व्यक्तिहरुको सम्पर्कमा गएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग गर्नुपर्ने नितान्त आवश्यक भइसकेका छन् । साउन २२ गते ७९ जनाको स्वाव संकलन गरेर हेटौडा ल्यावमा परिक्षण गरिदा आज विहान रिपोर्ट आउदा ११ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
सोमवार साँझ आएको रिपोर्टमा कटहरिया नगरपालिकाको उपमेयरका श्रीमान सहित ९ जना कोरोना संक्रमित भएको छ जसमध्ये २ जना महिला र ७ पुरुष रहेको छ । १९७ जनाको स्वाव संकलन गरी पठाइएकोमा ९ जना संक्रमित भएको कटहरिया नगरपालिकाको मेयर सियाराम कुश्वाहाले जानकारी दिए ।
यसैगरी सोमवार नै राजदेवी नगरपालिकामा ११४ जनाको स्वाव संकलन गरेर परिक्षण लागि पठाउदा १९ जना संक्रमित भएको रिपोट आएको राजदेवीको नगरप्रमुख धिरेन्द्र सिहले बताए । जसमध्ये बसतपुरमा १३ जना र लक्ष्मिपुर वेलविछवामा ६ जना गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
राजदेवीको बसतपुर गाउँमा केही दिन अघि ब्रम्ह बाबाको पुजा गर्न काठमाण्डौबाट आएका एक जना युवकले त्यहाँको प्रसाद वितरण गरेर गाउँका कतिय मानिसलाई बाडेको र कतिपय संग बसेर कुरा गरेका थिए । ति युवक पुन : काठमाण्डौ फर्किन जिल्ला अस्पताल गौरमा स्वाव दिएर परिक्षण गराउदा कोरोना पोजेटिभ भएपछि बसतपुर गाउँमा हल्लिखल्लि मचे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here