एजेन्सी ।। भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलगी हुँदा ८ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भने केहि घाइते भएका छन् ।
विहिवार विहान अहमदावादको नवरंगपुर क्षेत्रको श्रेय अस्पतालमा अगलगी भएको बीबीसीले जनाएको छ । अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो। अस्पतालमा ४९ कोरोना बिरामीहरुमध्ये आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । मृत्यु हुेनेमा पाँच पुरुष र तिन महिला रहेका छन् । यस घटना प्रती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित थुप्रै नेताहरु दुःख व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोष(पीएमएनआरएफ) बाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइते भएकाहरुलाई ५० हजार राहत सवरुप दिने घोषण गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here