एजेन्सी ।। भारतमा आइतबार थप ५४ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १७ लाख ५० हजार ७ सय २३ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कारोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३७ हजार ३ सय ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा जम्मा कोरोना संक्रमित मध्ये ५ लाख ६७ हजार ७ सय ३० जना उपचाररत रहेका छन् । भने ११ लाख ४५ हजार ६ सय २९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।