एजेन्सी ।। कोरोना संक्रमणका कारण भारतमा उत्तर प्रदेश मन्पिरिषदकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई गत १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई लखनउस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।
तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ ।
कोरोना बाहेक उनलाई रक्तचाप र मधुमेहको समस्या पनि थियो। गम्भीर फोक्सोको संक्रमणले गर्दा उनको मृत्यु भयो।
मन्त्री कमला रानी उत्तर प्रदेश (युपी) सरकारकी शिक्षामन्त्री थिइन ।
उनको मृत्युको खबर पाउने बित्तिकै मुख्यमन्त्री योगीले अयोध्या जाने कार्यक्रमसमेत रद्ध गरदिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।