वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगिमा विहिवार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नगरप्रमुख विजय कुमार सरावागीले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।
नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।
सोमबारदेखि काठमाडौँमा रहेका मेयर सरावगीलाई काठमाडौँमा उच्च ज्वरो आएपछी उनले आफ्नो पिसिआर परिक्षण गराएका थिए । बिहिबार आएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना देखिएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए ।
सरावगी काठमाडौँको टङ्गाल स्थित आफ्नो घरमा अहिले होम आइसोलेसनमा रहेका द्विवेदीले बताए ।
मेयर सरावगीले सबै नगरवासीलाई सचेल रहन आग्रह गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here