एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ जना नया कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ७ सय ७९ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३५ हजार ७ सय ४७ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा जम्माको कोरोना संक्रमित मध्ये ५ लाख ४५ हजार ३ सय १८ जना उपचाररत अवस्थामा रहेको छ । भने १० लाख ५७ हजार ८ सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here