काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको र तनि जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संखया १८ हजार ७ सय ५२ पुगेको छ । भने मृत्यु हुनेको कुल संख्या ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँग डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्।
मृत्यु हुनेमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।