काठमाडाैं ।।  शिवरात्रीको अवसरमा शिवालयमा पूजाआजा गरिन्छ । यस क्रममा शिवलिंगमा बेलपत्र चढाइन्छ ।लपत्र एक किसिमको वनस्पती हो । बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति मानिन्छ ।

बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरू र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

अपच, रुघा, ज्वरो, दम जस्ता समस्याहरुमा बेलपत्रको सेवन उपयोगी मानिन्छ ।

पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ । बेलको पत्ताको रस पूरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट शरीरको दुर्गन्ध हट्छ ।

भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठीक हुन्छ ।

मुटुका रोगीहरूका लागि बेलपत्रको प्रयोग अत्यन्त प्रभावकारी मानिन्छ । दिनहुँ बेलपत्रको काडा दैनिक मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ ।

सासका रोगहरूमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठीक हुन्छ ।

पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस । यसबाट कपालमा जुम्रा पर्दैन ।कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here