काठमाडौं ।। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशका विभिन्न देशमा रहेका १६१ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।
संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ । । भने निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here