काठमाडौं ।। भारतमा पछिल्लो २४ घणटामा थप ४० हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्मकै सबै भन्दा बढी संक्रमित रहेका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४३ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मंत्रालयका अनुसार भारतमा पछिल्लो २४ घणटामा ६ सय ८१ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतमा अहिले सम्म ७ लाख ८७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।