बारा ।। बारामा सोमवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विरगंञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएका अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्याय बताएका छन् ।
संक्रमितहरु बाराको देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका तीन, कलैया उपमहानगरपालिकाका तीन र धनकौलका ६ जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।