गरुडा ।। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीमा विहिवार प्रहरी, जनप्रतिनिधि र आम नागरिकवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख आतिथ्य र नगर प्रमुख विरेन्द्र यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविराज खडकाले माधोपुर प्रहरी चौकीको अवस्था निकै कमजोर रहेको भन्दै यसको स्तर उन्नतीको लागि आवश्यक रकम सहयोग गरिदिन कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री यादव र नगर प्रमुख यादवलाई आग्रह गर्नुभएको थियो । प्रहरी उपरीक्षक खडकाले माधोपुर प्रहरी चौकीको भवनको अवस्था निकै जिर्ण रहेको र भएको भवमा समेत प्रयाप्त मात्रामा कोठा नभएको कारण प्रहरी कर्मचारीलाई बस्न सुत्न निकै समस्या भइरहेको भन्दै यसको स्तर उन्नतीको लागि सहयोग गर्न राज्य मन्त्री योगेन्द्र यादव र नगर प्रमुख विरेन्द्र यादवलाई आग्रह गर्नुभएको हो । प्रहरी चौकीको स्तर उन्नती गर्न प्रहरी उपरीक्षक खडकाले आग्रह गरेलग्तै राज्य मन्त्री योगेन्द्र यादव र माधवनारायण नगर प्रमुख विरेन्द्र यादवले माधोपुर प्रहरी चौकीको स्तर उन्नतीको लागि ५० लाख रुपैया उपलब्ध गराउने घोष्णा गरेका हुन । राज्य मन्त्री यादवले उक्त प्रहरी चौकीको भवनमा एक तल्ला अझै थप गर्न र कम्पाउड वालको लागि यसै चालु आर्थिक वर्षमा आफना संसदीय विकास कोषबाट २५ लाख रुपैया उपलब्ध गराउने प्रतिद्धता जनाउनुभएको हो । राज्य मन्त्री यादवले चौकीको लागि २५ लाख सहयोग गर्ने घोष्ण गर्दै आउँदो भदौ देखी नै काम पनि शुरु गरिने उदघोष्ण गरेका हुन । त्यस्तै मेयर विरेन्द्र यादवले समेत उक्त चौकीको लागि २५ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यसै कार्यक्रममा फेरी प्रहरी उपरीक्षक रविराज खडकाले कुनै पनि प्राकृतिक प्रकोप अथवा विपदबाट रौतहटवासीलाई जोगाउन प्रहरी २४ औं घण्टा तयारी अवस्थामा रहेको समेत बताउनुभयो । प्रहरी उपरीक्षक खडकाले प्राकृतिक प्रकोपबाट कसैलाई पनि मर्न नदिन र आम नागरिकको जिउ धनको सुरक्षाका लागि रौतहट प्रहरी अहोरात्र खटिरहेको प्रष्ट पार्नुभयो । अहिले वर्खायामको समय भएकोले बाढीबाट हुने डुवान तथा अन्य समस्यासँग जुध्न पूर्व तयारी पूरा भएको समेत उहाँले बताउनुभयो । बाढी बाट हुने जोखिम न्यून गर्न अथवा समस्यामा परेकालाई उद्वार गर्न मोटर बोट,प्लास्टिक र काठको डुङ्गा सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एकसयभन्दा बढी जवान २४ औं घण्टा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष राजीव यादव, नेकपाका नेता जयमंगल यादव, जनता समाजवादी पार्टिका नेता हरिनारायण यादव, श्याम विहारी यादव, कांग्रेसका बैजु यादव, उपेन्द्र साह लगाएतका व्यक्तिहरुले आ आफना मन्तव्य राख्दै माधोपुर प्रहरी चौकी मातहतको क्षेत्रफल ठुलो रहेकोले यहाँ इलाका प्रहरी कार्यालयको स्थापना हुनुपर्ने, त्यसको लागि जग्गाको व्यवस्था, मलखाद्यमा भइरहेको कलाबजारी नियन्त्रण, मलखाद्यको सहज उपलब्धता र बागमति नदीको बाँध कटान हुनबाट जोगाउन राज्य मन्त्री यादव, मेयर विरेन्द्र यादव र सुरक्षा निकायका प्रमुख प्रहरी उपरीक्षक रविराज खडकालाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रम सञ्चालन स्थानीय समाजसेवी नरेन्द्र ठाकुरले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख सिमल कुमारी साह, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नावय उपरीक्षक ज्ञान कुमार महतो, वडा नं ६ का अध्यक्ष राजीव कुमार यादव, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार लगाएतहरुको सहभागिता रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश एसपीको आग्रहमा मन्त्री योगेन्द्र यादव र नगर प्रमुखद्धारा प्रहरी चौकीको लागि ५०...
एसपीको आग्रहमा मन्त्री योगेन्द्र यादव र नगर प्रमुखद्धारा प्रहरी चौकीको लागि ५० लाख दिने घोष्णा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।