एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या लगातार वृद्धि भयरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५सय८२ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा काेराेना भाइरसका कारण मृतयु हुनेको जम्मा संख्या २४ हजार ३०९ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा २९ हजार चार सय २९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ ।
त्यसमध्ये पाँच लाख ९२ हजार ३२ जना निको भइसकेका छन् । हाल भारतमा संक्रमित अवस्थामै रहनेको संख्या भने तीन लाख १९ हजार आठ सय ४० मात्र छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।