काठमाडौं ।। नेपाली जगतका महानायक राजेश हमालले विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचित भइरहेकी कलाकार एव्म निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् ।
मंगलबार मध्यरातमा फेसबुक मार्फत लाइभ आएर हमालले सहकर्मी दीपाश्री निरौलाप्रति लक्षित गर्दै माफी दिन आग्रह गरेका हुन् । हमालले आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक सञ्जालमा ब्यापक गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रियाहरु नजनाउन आग्रह गरेका हुन् ।
व्यक्तिगत तहबाट कुरा गर्दा, चलचित्र क्षेत्रमा उत्पन्न भएको यस्तो विवादले आफूलाई दुखित तुल्याएको उनले बताए ।
आफू आबद्ध ‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।
कला तथा सिने क्षेत्रमा भएको वादविवाद र त्यसपश्चात् आरोप–प्रत्यारोपमा उत्रनु लज्जाको विषय भएको पनि उनले बताए ।
दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह(भिडियाे सहित)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।