ओम प्रकाश यादव , रौतहट ।। प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटको एक क्षतिग्रस्त बाँध को मर्मत सम्भार गर्न आफै जुटेका छन । जनप्रिय एवं विकास प्रेमी नेता माननीय योगेन्द्र यादवले जिल्लाको राजदेवी नगरपालिका ४ बसत्पुर मा बागमती नदीको क्षतिग्रस्त बाँध को मर्मत सम्भार गर्ने कार्य सुरु गरेका हुन् ।

लगातारको वर्षापछि केहीदिन अघि मात्रै बागमती नदीमा आएको बाढीले बसत्पु र स्थित तटबन्धको ठोकर तिब्र गतिमा कटान गरिरहेको बारे विभिन्न सञ्चार माध्यममा खबर आएको थाहा पाएपछि हिजो मात्रै राज्य मन्त्री यादवले उक्त बाँध को अनुगमन गरेका थिए । राज्य मन्त्री यादवले आफ्नै व्यक्तिगत लगानीमा बास गाडेर बोरामा माटो र ढुङ्गा राखेर उक्त क्षतिग्रस्त बाँध को मर्मत सम्भार गर्न लागेका हुन् ।

बागमती नदीबाट बाँधलाई थप क्षति हुनबाट जोगाउन र सर्वसाधारण जनतालाई प्राकृतिक विपदबाट जोगाउन कृषि राज्य मन्त्री योगेन्द्र यादवले आफ्नै पहल एवं लगानीमा उक्त बाँध कटान लाई नियन्त्रण गर्न लागेका हुन् । क्षेत्र नं १ मा एक माननीय र एकजना प्रदेश सांसद भएपनि उक्त बाँध मर्मत गर्न कसैले ध्यान नदिएको अवस्थामा राज्य मन्त्री यादव को ध्यान उक्त बाँध मर्मत गर्ने तर्फ गएको हो । मन्त्री यादवले चलेको उक्त कदम निकै सराहनीय रहेको भन्दै चारैतिर उहाँको प्रसंसा भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here