काठमाडौं ।। गण्डकी प्रदेशमा थप २५ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संखया १ हजार २ सय २ड पुगेको छ ।
कोरोना देखिएका संक्रमितलाई सम्वन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।
प्रदेशमा कोरोनाको संक्रमणबाट निकोहुनेको संख्या ९२५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here