काठमाडौं ।। सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए ।

सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने ।

उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन ।’ उनले चेतावनी दिँदै भने- ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ । त्यो भनेको खराब, खराब र खराब हुनु हो ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here