रौतहट ।। रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ६ सिगरमान धरमपुरमा भईरहेको सडक निर्माणमा पक्षपात गर्ने गरेको खुलासा भएको छ । पूर्व सांसद कृष्ण यादवले धुकचुक कन्सट्रक्सनकाे नाममा परेकाे टेन्टर पेटीमा निर्माण गराई रहेको कालोपत्रे सडकको चौडीकरणमा एकरूपता नदेखाइएकोले विबाद सृजना भएको छ । आफ्नो आफन्तलाइ फायदा तथा अरुलाई क्षति हुने गरी सडक विस्तार गर्न लाग्दा बाटोको संधियारहरुले चर्काे विरोध गर्न थाले पछि पक्षपात भैरहेको खुलेका हुन ।
माधोपुर बाजार देखि बागमती नदीको पुल सम्म सडक बोर्डको लगानीमा निर्माण भई रहेको सडकमा नगर प्रमुख श्याम प्रसाद यादवले आफ्नो फुफुको जग्गा जोगाउन सडकको चौडाई निर्णय भन्दा बाहिर गएर कायम गराउन खोजेको स्थानियहरुले आरोप लगाएका छन ।
सर्वदलीय बैठकबाट मुख्य सडक रहेकोले गाउँ भरी ३५ फिट तथा गाउ बाहिर ५० फिट चौडाकरण गर्ने निर्णय गरिएको भए पनि मेयर यादवले आफ्नो फुफुको जग्गा नीर आउदा बाटोको चौडाई २५ देखि २८ फिट कायम गराउन लाग्दा संधियारले निर्णय विपरीत आफ्नो आफन्तको जग्गा जोगाउन खोज्यो भन्दै चर्काे विरोध गरेपछि निर्माण कार्य अवरुद्ध भएको छ ।
नातेदार सुरेन्द्र यादवको जग्गा अगाडी पूर्व नेपाल सरकारको जग्गा करिव ५० देवी १ सय फिट सम्म प्रयाप्त रहेको भए पनि मेयर यादव र नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा यादव मिलोमातो गरी आफ्नो कुटुमलाई फायदा तथा अरुलाई नोक्सानी गर्ने उदेश्यले निजी जग्गामा बाटो बनाऊंन लागेको स्थानीय जयमगल यादवले बताएका छन ।
मेयरलाइ पटक पटक जग्गा नाप नाच गरी बढी भएको ठाउमा विच भाग भएर कमी भएको ठाउमा दुवै तरफ बाट आपसी सहमतिमा जग्गा लिएर बाटो बनाऊ भनी नमानी एकोहोरो निर्णय गरी बलपूर्वक नेपाल सरकारको जग्गा छोडेर निजी जग्गा मिच्ने प्रयास गरेको स्थानियहरुको भनाइ रहेको छ । अरुको जग्गा नीर ३० फिट तथा आफ्नो नातेदारको घर अगाडी २५ देखि २८ फिट कायम गर्नुले दोहरो निति प्रस्ट भैरहेकोले एकरूपता लयाउनु पर्ने जरुरी देखिएको छ ।
नेपाल सरकारको प्रयाप्त जग्गा हुदा हुदै निजी जग्गामा सडक निर्माण गर्नु पर्दैन भने पूर्वका संधियारहरुको अडाण रहेको छ भने आफन्त तीर भएको एलानी जग्गामा नभई पूर्व तीर को संधियारको जग्गा भएर नै बाटो निर्माण हुने खेल मेयर र जिल्ला सभापति यादवको रहेकोले त्यहा दुवै पक्ष विच उग्र रुपमा विवाद चर्किने सम्भावना बढेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here