एजेन्सी ।। कानपुरको बिकुर गाँउमा सिओ सहित आठ प्रहरीको हत्या गर्ने मास्टरमाइन्ड विकास दुबे एन्काउन्टरमा मारिएका छन् । युपी एसटीएफले उज्जैनदेखी कानपुरको लागि लगिरहेको बेला सवारी दुर्घटना भयो । त्यसपछि विकास दुबेले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्ने कोशिश गरे पछि प्रहरीसँग उनको मुठभेड भयो । प्रहरीको गोली उनको छाती र कम्मरमा चार गोली लागेका थिए। विकासलाई गम्भीर अवस्थामा कानपुरको हैलट अस्पतालमा ल्याइएको थियो जहाँ बिहान ठस्स्छछ मिनेटमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए। कानपुर रेंजका आईजी रेंज मोहित अग्रवालले विकासको मृत्यु भएको पुष्टि गरे।
उनलाई चार गोली लागेका थिए । ३ गोली छातीमा र एउटा पाखुरामा लागेको थियो । मुठभेडमा चार प्रहरी घाइते बनेका छन् । जसमध्ये दुई प्रहरीको अवस्था गम्भीर रहेको छ भने दुईको अस्था सामान्य रहेको बताइएको छ ।
घाइते सबै प्रहरीलाई कल्याणपुर सीएससीबाट उर्सला अस्पतालमा उपचारका क्रममा रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here