एजेन्सी ।। बलिउड स्टारहरूको नाममा बेलाबेलामा ठगी गरेको आरोप लाग्ने गर्दछ। हालै अभिनेत्री शिल्पा शेट्टीको नाममा करोडौं रुपैयाँ ठगेको घटना सार्वजनिक भएको छ। मुम्बईको आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका एमडी किरण बाबा र डाइरेक्टर विनय भसिनसहित पाँचजनाविरुद्ध ठगी आरोपमा लखनऊको हजरतगंजमा मुद्दा दर्ता भएको छ।

उनीहरू माथि आरोप छ कि शिल्पा शेट्टीलाई आफ्नो कम्पनीको ब्रान्ड एम्बेसेडर भन्दै आकर्षक कमाइको अफर देखाएर पैसा लगानी गराइएको थियो। किरण बावामाथि मिदा सन्दीप इन्टरप्राइजेजका सञ्चालकसँग फ्रेन्चाइजी शुल्‍क र निवेशको नाममा पैसा लगानी गराएको आरोप छ।

साथै उनको कम्पनीकी ब्रन्ड एम्बेसेडर बलिउड अभिनेत्री शिल्‍पा शेट्टी कुन्द्रा भएको बाबाले बताएको पनि आरोप छ। अहिले पुलिसले शिल्‍पाको नाममा करोडौं ठगी गर्नेहरूको भण्डाफोर गरेको छ।

किरणले रोहितवीरलाई अभिनेत्री शिल्पा कम्पनीकी ब्रान्ड एम्बेसेडर हुन् र उनको फ्रेन्चाइजीको पनि शिल्पाले र्नै गर्ने बताएका थिए। उनले शिल्पाको कम्पनीको प्रचार गर्दै तस्बिर पनि देखाएका थिए।

बेलाबेलामा आएर शिल्पाले निर्देशन पनि दिने गरेको उनको भनाइ थियो। यसपछि रोहितवीरले पार्टनरसिपमा काम सुरू गरेका थिए।त्यसपछि काममा लगातार घाटा भयो। त्यसपछि रोहितवीरले छानबिन सुरू गरेका थिए।

छानबिनपछि आफूमाथि धोका भएको खुलेको थियो। त्यसपछि उनले पुलिस गुहारेका थिए। उनले बावा र उनका स्‍टाफविरुद्ध आईपीसी ४०८, ४२० र ५०६ को धाराअनुसार मुद्दा दर्ता गरेका हुन्। पुलिस अहिले यसको छानबिन गरिरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here