ललितपु ।। ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एक युवककाे मृत्यु भएको छ । उनको मृत्यु पछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालका निर्देशक डा। विष्णु शर्माले जानकारी दिए । गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।
उनको सोमबार राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












