काठमाडाैं ।। कोरोना भाइरस सङ्क्रमणका कारण ६ महिनासम्म बन्द नेपाल–चीन रसुवागढी नाका सञ्चालनमा आएको छ । चिनियाँ तर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयले जनाएको हो । हिजोदेखि चीनतर्फबाट सामान आइपुगेको र नेपाल भित्र्याउन सुरक्षाको उपायसहित सामान झिक्ने काम सुरु भएको भन्सार प्रमुख पुण्यविक्रम खड्काले सीआईएनलाई जानकारी दिनुभयो । दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना आठ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।