काठमाडौं ।। देशमा कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढदै गएको अब बिना मस्क लगाईबाहिर हिडनेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो। ’मानिस मास्क नलगाई हिंड्ने गरेकाले संक्रमण फैलिदै गएपछि यस्तो निर्देशन दिएका हौं,’ गृह मन्त्रालयलका उपसचिव उमाकान्त अधिकारीले भने। असार १ गतेबाट लकडाउन ख’कलो भएसँगै बजारमा सवारी सधान तथा मानिसको भिड बढेको छ । अनावश्यक काम बाहेक घर बहिर ननिस्किन मन्त्रालयले आग्रहसमेत गरेको छ . घर बाहिर जाँदा मास्क अनिवार्य रूपमा लागअैँ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।