पर्वत ।। गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान साढे ६ मा एक प्रेश विज्ञप्ति प्रकाशित गरी नवलपुरमा १९, तनहुँमा ९, पर्वतमा ३ र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । नवलपुरको कावासोती नगरपालिकाका ११ जना पुरुष र तीन जना महिला, मध्यबिन्दु नगरपालिकाका ४ जना पुरुष र एक महिला संक्रमित भएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना र भिमाद नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाका एक÷एक जना पुरुष र बागलुङको जैमिनी नगरपालिकाका १ जना पुरुष संक्रमित भएका छन् । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । संक्रमित सबै १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको पायक पर्ने आईसोलेसनमा ल्याउने तयारी सुरु भएको शर्माले बताउनुभयो । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।
Home प्रदेश समाचार गण्डकी प्रदेश गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।