रौतहट ।। प्रदुशीत पानीको कारण वर्षेनी किसानहरुको सकडौ विग्हामा लगाउने धान बाली नष्ट हुर्दै आएपनि त्यस्तो पानीको ठोस निकास गर्नको लागि रौतहटका युवाहरु मागँ गरेका छन् ।
प्रत्येक वर्षयाममा रौतहटको श्रीराम सुगर मिल्स गरुडा, ज्योती डिष्टीलरी डुमरीयाले जिल्लाको मध्य भाग भएर बग्ने झाझ नदीमा फ्याक्ट्रीको प्रदुसित पानी छोडदा किसानहरुको धान खेती बर्वाद हुदै आएको भन्दै युवाहरुले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीलाई जथाभावी प्रदुशित पानी नियन्त्रणको मागँ गर्दै ज्ञापन पत्र बुझाएको छ ।
कटहरिया नपा वडा नं. ९ डुमरिया स्थित रहेको ज्योति डिष्टलरी र बैजु बाबा सुगर मिल्स प्रा.लि. ले जथाभावी प्रदुषित र रसायनिक पानी नदीमा जथाभावी रुपमा बहाव गर्दा किसानहरुको खेतिपाति, जलचर प्राणि र वातावरणमा प्रत्यक्ष रुपले प्रतिकुल असर पारेको हुदा सो रसायनिक पानी नियन्त्रण गरि उचित व्यवस्थापन गर्न विज्ञप्तीमा मार्फत मागँ गरिएको एकजना सदस्य राजा हुसेनले बताए ।
साथै युवाहरुले वातावरण संरक्षण तथा गरीब किसानको हक अधिकार र सम्मानका तथा त्यस्ता प्रदुर्शित पानी नियन्त्रण गरिएन भन्ने त्यसको विरुद्धमा सर्घषको लागि तयारी गरि रहेको समेत हुसेन बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटलाई राष्ट्रिय विद्यार्थी संघका रौतहट शितान्सु सिंह, चन्दन साह, शैलेन्द्र कुशवाहा लगायतले ज्ञापनपत्र बुझाउदै मागँ गरेका छन् ।
जथाभावी प्रदुषित पानी नदीमा छोडदा किसानहरु वर्वाद
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।