।। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको आज सय दिन पुगेको छ । लकडाउन अर्थात् बन्दाबन्दीको सयदिन मध्ये पछिल्लो ३० दिनमा कोरोना संक्रमणको दर ९५ प्रतिशत बढेको देखिएको छ । आज बिहानसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय भन्दा बढी पुगेको छ । संक्रमणको दर बढेपनि मान्छेको मनमा भने डर घटेको छ । जनजीवन सामान्यजस्तै भीडभाड हुन थालेको छ । संक्रमण समुदायमा समेत पुगेको संकेतहरू आएपनि लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । पूर्व स्वास्थ्य सचिव तथा विज्ञ डाक्टर प्रविण मिश्रले अहिले सबैभन्दा धेरै नागरिक सचेत हुनुपर्ने र होम क्वारेन्टाइनमा बसेर पनि सुरक्षित रहन सकिने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ  । नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ  । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here