काठमाडाैं ।। कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका ५ का ४५ बर्षका पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेण्टाइनमा बसिरहेका थिए । असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो । आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो २ बजे उनको मृत्यु भएको थियो । कोरोना पुष्टि भने गएराती मात्रै भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ । सुदूरपश्चिममा मात्रै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here