रौतहट ।। रौतहट जिल्लामा सधै आपत विपतको वेला अग्रणि भुमिकामा रहेका ग्रामिण विकास केन्द्र (आरडिसी) नेपालले हाल विश्व कोरोना भाईसरबाट अक्रान्त बनेको अवस्थमा अति विपन्न परिवारलाई खाद्ययान समाग्रि वितरण निरंतरता जारी राखेको छ ।
कोरोना महामारिको प्रकोपका बिच भएको लामो समयको लकडाउनले अति प्रभावित बनेका रौतहटको प्राय सवै स्थानीय तहका अति विपन्न परिवारलाई खाद्ययान समाग्री सहित लाखौको स्वास्थ्य समाग्रीहरु समेत वितरण गरिएको हो ।

आज मंगलवार ध्ँब्ष्म को आर्थिक सहयोग र इस्लामिक रिलिफ तथा ग्रामिण बिकाश केन्द्र गौरको सह्कार्यमा राजदेवी नगरपालिकाका करिब २ सय ५० अति बिपन्न परिवारलाई खाद्यान्न बाडिएको छ । लकडाउनको समयमा राहत बाड्ने समयमा आयोजक संस्थाले समाजिक दुरि र सेनिटाइजेसनको ब्यब्स्थापन गरेको थियो ।
आरडिसी नेपाल अध्यक्ष पारस हुसैनका अनुसार, अति विपन्न परिवारलाई बाडीएको राहत प्याकेजमा प्रति परिवार चामल २५ किलो ,दाल ३ किलो,तेल २ लिटर,,चिनी २ किलो, नुन २ किलो र साबुन ४ पिसका दरले बितरण गरिएको बताए ।

सरकारले जारी गरेको निरन्तरको लकडाउन पछि अति विपन्न परिवारहरु अत्यधिक प्रभावित बनेकोले त्यस अवस्थाको ध्यान दिदै संस्थाले त्यस्ता अति विपन्न परिवारलाई पटक पटक राहतको रुपमा सहयोग गर्दै आएको स्थानीयहरुको भनाई रहेको छ । हेरेक विपदामा आरडिसी नेपाल सार्थीको रुपमा अगाडी आउने गरेको अहिलेको यस्ता् कोरोना महामारीमा पनि साहयोग जारी राखेकोमा आडीसी नेपाललाई विशेष धन्यावाद दिदै स्थानीय मनोज साहले प्रतिक्रिया दिए ।
