रौतहट ।। ललितपुरको स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ । हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय युवकको शनिबार राति मृत्यु भएको छ । मृत्युपश्चात उनमा सोमबार विहान कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार ती युवक दमका रोगी थिए । २९ वर्षीय पुरुष रौतहट घर भएका हुन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उनको कोरोना पुष्टि गरेको हो । उनको शव व्यवस्थापन कार्य बढाइएको छ । योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here