सर्लाही ।। सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योग रहेको क्षेत्रमा गएराती नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीचको झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्तपाल मलङ्गवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । झडप हुनुको वास्तविक कारण खुलिसकेको छैन । घटनामा संलग्नमध्ये एक जनालाई राती नै नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । धनकौल क्षेत्रमा चिनी मिलको भुक्तानिको विषयमा नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक विवाद भइरहेको छ । पछिल्लो पटक एक साताअघि सर्लाहीकै रामगनर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएपछि सो घटनालाई राजनीतिकरण गरी नेकपा र काँगे्रस कार्यकर्ताले एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here