File Photo

नवपरासी पश्चिम ।। नवलपरासी पश्चिममा क्वारेन्टाइनमा बसेका एक जना पुरुषको आइतबार विहान मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं.-२ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको मृत्यु भएको छ । गए राती करिब १२ बजेको समयमा उनको अवस्था गम्भीर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारकै क्रममा उनको विहान साढे ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ ।

बर्दघाट-२ चिसापानीकै बसिन्दा हुन । उनि यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । उनी पहिल्यै देखि प्रेसर र प्यारलाईसिसका विरामी समेत भएको ज्ञवालीले बताउनुभएको छ । उनमा कोरोना भए नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको ज्ञवालीले जानकारी दिएका छन । पिसिआर रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोनाकै कारण हो वा अन्य कारण हो भन्ने पुष्टि हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here