काठमाडाैं ।। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । ६ महिनापछि बस्न लागेको बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका विषयमा छलफल हुनेछ । पार्टीभित्र संसदबाट पारित गर्न हुने वा नहुने विषयमा दुई धार देखिएकाले त्यसमा साझा धारणा बनाउन बैठक बोलाइएको हो । बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । लिखित भन्दा बुँदागत प्रतिवेदन पेश गर्ने तयारी छ । छलफलको एजेण्डा भने स्थायी समितिका सदस्यहरूलाई जानाकारी गराइएको छैन । नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बैठकमा एमसीसी विषयसँगै यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने जानकारी दिनुभयो । नागकिरता विवादका विषयमा पनि स्थायी समितिमा छलफल हुने बताइएको छ ।
नेकपा स्थायी समितिको बैठक बस्दै, एमसीसी बारे छलफल हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।