एजेन्सी ।। विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढदै छ । यसै बीच योग गुरु रामदेवले कोरोना भाइरसको औषधि बनाएको हो । आज एक प्रेस सम्मेलनमा उनले कोरोनिल नामको ट्याब्लेट कोरोनाको उपचारमा उपयोग हुने दाबी गरेका छन् ।
रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।
रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।
यस आयुर्वेदिक औषधि को नाम कोरोनिल हो। रामदेवले तीन औषधि कोरोनिल, श्वासारी र अणु तेल आरम्भ गरेको छ। प्रेस सम्मेलनमा योगगुरु रामदेवले भने कि यो औषधी बनाउन केवल स्वदेशी सामग्री मात्र प्रयोग गरिएको छ, यसमा मुलठी(डेको लगायतका धेरै चीजहरू छन्। साथै, गिलोय, अश्वगन्ध, तुलसी, सँसारी पनि प्रयोग गरिएको थियो।
रामदेवकाअनुसार यो ट्याब्लेटले शरीरमा अक्सिजनको अभाव हुन दिँदैन । यस औषधिले चिसो, खोकी र चिसोबाट बचाउँछ । यसमा १६ जडिबुटीहरू जस्तै मदिरा, मह, अदुवा र तुलसी मिलाइएको छ ।
हाल भाारतमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ४० हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ४८ जना नयाँ संक्रमति थपिएका छन् । हल सम्म १० हजार ८ सय ७९ बिरामीहरु निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here