कास्की ।। गण्डकी प्रदेशका चार वटा जिल्लामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज बिहान बागलुङमा १४, कास्कीमा ६, पूर्वी नवलपरासीमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशक एवम् प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्मा जानकारी दिएका छन्र ।

संक्रमण देखिएका सबै भारतबाट फर्किएका र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । ११ जिल्ला रहेको गण्डकीमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here