काठमाडाैं ।। कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर उनको मृत्यु भएपनि हिजो साँझ मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको पनि मृत्यु पछिमात्रै कोरोना भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।