एजेन्सी ।। भारतमा कोरोना भाइरस कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ३ सय ८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३ लाख ४३ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १० हजार ६ सय ६७ नयाँ संक्रमित फेला परेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १० हजार ७ सय ४४ संक्रमित फेला परेका छन् भने चार हजार १ सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिल नाडुमा अहिले सम्म ४६ हजार ५ सय ४ सङ्क्रमित फेला परेका छन् भने ४ सय ७९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा १ लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन् । यसैबीच, विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८१ लख २८ हजार नाघेको छ । हालसम्म विश्वभर ४२ लाख ४२ हजार भन्दा बढि मानिसहरु उपचार पछि निको भएर घर फर्किएका छन् । यस्तै विश्वभर मृत्यु हुनेको सङ्ख्या भने ४ लाख ३९ हजार ४ सय २७ रहेको छ । अमेरिकामा मात्रै २१ लाख ८२ हजार मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा हालसम्म १ लाख १८ हजार २ सय ८३ जनाको मृत्यु भैसकेको छ । ब्राजिलमा पनि ८ लाख ९१ हजार सङ्क्रमित भएका छन् । रसियामा ५ लाख ४५ हजार सङ्क्रमित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here