काठमाडाैं ।। हाम्रो भान्छामा प्लास्टिकका थुप्रै चिज हुन्छन्। चम्चा–काँटा, डाडु–पन्यूँलगायत प्लास्टिकका सामानले कलेजो र थायराइडमा हानि पुर्‍याउने वैज्ञानिकहरू बताएका छन्।

जर्मनीका वैज्ञानिकले भान्छामा प्रयोग गरिने प्लास्टिकका सामानले हानिकारक  विषालु चिज पैदा गर्ने बताएका छन्। जर्मन फेडरल इन्स्टिच्युट फर रिस्क एसेस्मेन्ट नामक स्वतन्त्र संस्थाका वैज्ञानिकले उच्च तापक्रममा प्लास्टिक सामान विषजत्तिकै बन्ने भन्दै भान्छामा यी सामान प्रयोग नगर्न सर्वसाधारणलाई सावधान गराएका छन्।

संस्थाले जर्मन सरकारलाई खाद्य सुरक्षामाथि सल्लाह दिने गर्छ। वैज्ञानिकले ७० डिग्रीभन्दा बढी तापक्रममा खाना पकाउँदा प्लास्टिकका सामान प्रयोग नगर्न सल्लाह दिएका छन्। उच्च तापक्रममा प्लास्टिकका सामानले उत्पादन गर्ने विषालु तत्त्वले मानव स्वास्थ्यमा नराम्रो असर पुर्‍याउने उनीहरूले बताएका छन्। उनीहरूले प्लास्टिकका सामानका कारण कलेजोलगायत शरीरका विभिन्न अंगमा हानि पुग्ने तथ्य प्रस्तुत गर्दै सकेसम्म भान्छामा प्लास्टिकका सामान प्रयोग नगर्न सुझाव दिएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here