काठमाडाैं ।। कोरोनाको महमारी फैलिएसँगै तीन महिनायता रोकिएको स्पेनिस ला लिगा गएरातिबाट सुरु भएको छ । खाली रंगशाला र कडा स्वास्थ नियमहरुबीच सुरु हुने ला लिगा युरोपको शीर्ष लिग मध्ये दोस्रो लिग हो । जर्मन बुन्डेस लिगा यसअघि नै सुरु भइसकेको छ । गएराति भएको खेलमा सेभियाले बेटिसमाथि २(० गोलअन्तरले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । सेभियाको जितमा लुकास ओकाम्पोस र फर्नान्डोले गोल गर्नुभयो । खेलको ५६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकासले गोल गर्नुभएको थियो । खेल स्पेनमा कोरोनामा निधन भएकाहरुको सम्झनामा केही मिनेट मौनधारण गरेपछी सुरु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here