रौतहट ।। कोरोनाभाइरसका कारण सिङ्गो विश्व आक्रान्त भइरहेको छ । सुरुमा सामान्य रहेको नेपालको अवस्था दिनप्रतिदिन जटिल र भयावह बन्दै गइरहेको छ । यसै बीच प्रदेश २ सरकारले ४ वटा पीसीआर मेसिन खरदि गर्ने निर्णय गरेको छ । पीसीआर मेसिन खरिद गरी रौतहटको गौर अस्पतालमा नयाँ ल्याब स्थापना गर्ने प्रदेश २ सरकारले निर्णय गरेको छ । । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोभिड १९ सम्बन्धी निर्देशक समितिको सोमबार बसेको बैठकले गौर अस्पतालमा नयाँ ल्याब स्थापना गर्नका लागि पीसीआर मेसिन खरिद गर्ने र जनकपुर, वीरगञ्ज र राजविराजको ल्याबमा एक÷एक थान थप्ने निर्णय गरेको हो ।थप ४ वटा पीसीआर मेसिन खरीद गरी कोरोना परीक्षणलाई तीव्रता दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ।
ुसमितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ भने परीक्षणका लागि चाहिने रिएजेन्ट लगायतका सामग्री खरिद गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र क्वारेन्टिन स्थलसम्म जाँदाको खाना खाजाको खर्च प्रदेश सरकारले प्रदान गर्ने निर्णय पनि गरेको छ ।प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णयसमेत गरिएको छ ।
सोमवार बिहान सम्पन्न पीसीएमसीको बैठकले दिएको सुझावको आधारमा निर्देशन समितिले यस्तो निर्णयहरु गरेको मुख्य मन्त्रीको सञ्चार सचिवालयले जानकारी दिएको छ।
प्रदेश २ मा चार वटा पीसीआर मेसिन स्थापना गर्ने प्रदेश सरकारको निर्णय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।