एजेन्सी ।। कोरोना महामारीका कारण विस्तारै ‘अनलक’ भइरहेको भारतको तेलंगाना राज्यमा फिल्मै र टीभी कार्यक्रमहरूको छायांकन सुरु गर्न अनुमति दिइएको छ ।

राज्य सरकारले सरकारद्वारा जारी दिशानिर्देशनको पालना गरेर सीमित श्रमिकका साथ फिल्म र टीभी कार्यक्रम छायांकन सुरु गर्न अनुमति दिएको हो ।   मुख्यमन्त्री के. चन्द्रशेखर रावले भनेका छन्, “सीमित संख्यामा श्रमिकहरूका साथ सरकारद्वारा जारी दिशानिर्देशनको पालना गर्दै सुटिङ एकपटक फेरि सुरु हुनसक्छ ।”

उनले निर्देशकहरूले फिल्मको पोस्ट प्रोडक्सनको काम पनि सुरु गर्न सक्ने बताएका छन् । तर मुख्यमन्त्री रावले सिनेमा हलहरू तत्काल खुल्ने–नखुल्नेबारे भने केही स्पष्ट नबताएको बीबीसीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हालै प्रदेशका केही प्रख्यात अभिनेताहरूले मुख्यमन्त्री रावसँगको भेटमा फिल्म र टीभी कार्यक्रमहरूको छायांकनका लागि अनुमति दिन आग्रह गरेका थिए ।

विशेषज्ञहरूले कोरोना भाइरस महामारीबाट भारतीय फिल्म क्षेत्रमा पुगेको क्षतिको पूर्तिका लागि झन्डै दुई वर्ष लाग्ने बताएका छन् । फिल्मी क्षेत्रका केही विश्लेषहरूले लकडाउनका कारण बक्स अफिसमा हुने आम्दानीमा १५ सय करोड रुपैयाँभन्दा बढी नोक्सान भएको अनुमान गरेका छन् ।

श्राेत ः बीबीसी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here