रौतहट ।। पूर्व डिआईजी रमेश खरेलले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको आलोचना गर्दै सोकीय सचिव विजय यादवले मागँ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद प्रभु साहका सोकिय सचिव विजय यादवले, सांसद साहलाई जोडेर एक टेलिभिजन अन्तर्वार्तामा पूर्व डिआईजी खरेलले दिएको अभिव्यक्ति प्रति आपती जनाउदै सचिव यादवले कारवाहीको मागँ गरेको हो ।
उनको अभिव्यक्तिमा स्वदेशी तथा विदेशी दलालहरुको षड्यन्त्र रहेको भन्दै विरोध भएको हो । मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने उद्देश्यका साथ विभिन्न प्रपन्च रच्नेहरुले रमेश खरेललाई प्रयोग गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
सांसद साहका स्वकिय सचिव विजय यादवले प्रेस वक्तव्य जारी गर्दै पूर्व डिआईजी खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । खरेलले जननिर्वाचित एवम् स्वच्छ छविका नेताको मानमर्दन गर्न खोजेको भन्दै उनलाई तत्काल कारवाही अगाडि बढाउन सरकारसंग माग गरेका हुन् ।
“नेपालको राजनीतिमा सदैव प्रेरणादायक (अनुकरणीय) एवं नेतृत्वकारी भूमिका निर्वाह गरेको एक उर्वर भुमी रौतहटको संसदीय निर्वाचन क्षेत्र नं। ३ बाट लगातार तेस्रो पटक प्रत्यक्ष निर्वा्चित जनपक्षीय तथा जनप्रिय युवा नेता मा. प्रभु साहज्यूको बढ्दो लोकप्रियताबाट तरंगित केही देशी तथा विदेशी शक्ति केन्द्रका दलाल ऐजेन्टहरुको साँठगाँठमा सुनियोजित ढंगबाट व्यक्तिगत स्वभिमान तथा राजनीतिक मानमर्दन हुने किसिमबाट योहो टिभीको अन्तरवार्ता मार्फत लगाइएको लाञ्छना तथा अर्नगल प्रचारबाजीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, स्वकीय सचिव यादवको वक्तव्यमा भनिएको छ ।
उनले भनेका छन््, “सम्मानित जिल्ला अदालतदेखि सर्वोच्च न्यायालयले गरेको फैसला विपरीत न्यायालयको गरिमामा खलल पुर्याई सिङ्गो न्यायापालिकाकै मानमर्दन हुनेगरी आफु आईजीपी बन्न नसकेको ९अयोग्य भएको० कुण्ठा समेतका कारण विगतमाझैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेंशनका लागी पूर्व डीआईजी (तत्कालीन एसपी) रमेश खरेलले दिएको आधारहीन गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति खेदपूर्ण छ ।
जनताको रगत र पसीनाबाट तलव–पेन्सन खाने तर प्रतिगामी षडयंत्रकारी शक्तिहरुसंग मिलेर देश र जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका हाम्रो नेतृत्वको मानमर्दन तथा प्रतिष्ठामा आँच आउने किसिमबाट देश र जनतालाई नै भ्रमित पार्न राज्य, न्यायालय, विभागीय संगठनको मानहानि गर्दै मर्यादा विपरीत कार्यमा संगलग्न रमेश खरेललाई नेपाल सरकार लगायत सम्बद्ध पक्षहरुसंग कानून बमोजिम कारवाहीको जोडदार माग गर्दछु ।” पूर्व डिआईजी खरेल विभिन्न समयमा विवादमा पर्दै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here