काठमान्डु ।। कुवेतमा गैरकानूनी रुपमा रहेका नेपालीहरु आजदेखि आफ्नो खर्चमा स्वदेश आउन सक्ने भएका छन् । त्यहाँ रहेका करिब ४ हजार नेपाली कामदारलाई स्वदेश फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पु¥याउने कुवेत सरकारले निर्णय गरेको छ ।

जस अनुसार आजदेखि ३० गतेसम्म त्यहाँ गैर कानूनी रुपमा रहेका नेपाली स्वदेश फर्कन सक्नेछन् । कुवेत सरकारको गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्बन्धीत देशसम्म पु¥याउने नयाँ नीतिअनुसार कानुनअनुसारको दण्ड सजाँय मिनाह गरेर एकमुष्ट आम माफि दिएर सम्बन्धीत देशमा फिर्ता गर्ने निर्णय त्यहाँ भएको छ ।
यसैबीच, नेपाली काँग्रेसले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना परीक्षण गरेर मात्रै सम्बन्धीत मुलुकमा पठाउने नीति भएको र आर्थिक भार पनि नपर्ने भएकाले कोरोनाको कारण विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here