रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेका विपणन दलित परिवारलाइ राहत वितरण कार्य शुरू गरिएको छ । गरीव असहाय ,दलित ,परिवार लाइ गौर नगरपालिकाले खाने सामग्री राहत स्वरुप उपलब्ध गराएका छन् ।
कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपणन परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगरपालिकाले खाद्यान्न सामग्री वितरण गर्ने शुरू गरेको हो । लाक डाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौ धौ परिरहेको बेला नगर प्रमुख अजय कुमार गुप्ताले घर घरमा पुगेर राहत वितरण गर्न शुरू गरेका छन ।
गौर नगरपालिका वड़ा नम्बर ३ मुसहर बस्ती र वडा नम्बर ८ ढांगर बस्तीमा २९५ परिवारलाइ राहत वितरण गरिएको गौर नगरपालिका का नगर प्रमुख अजय कुमार गुप्ताले जनाएका छन । मुसहर बस्तीमा ८५ परिवारलाइ चामल १५ कोलो ,दाल ३ किलो , खाने तेल ५ सय ग्राम , आलू ४ किलो , नून १ किलो तथा वड़ा नम्बर ८ ढांगर बस्तीमा सोमवार ११० परिवारलाइ चावल १० किलो , दाल डेढ़ किलो , खानतेल ५०० ग्राम , आलू ३ किलो ,नून १ किलो र साबुन १ पीस उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुमन कुमार कार्कीले बताएका छन ।
रौतहटका अरु स्थानीय तहले क्वारेंटाइन स्थापना गर्ने कार्यमा व्यस्त रहदा गौर नगरपालिका गरीव दलितको घर घरमा राहत पुर्याउने कार्य लाइ निरंतरता दिएका छन भने होम डिलेभरीको अभ्यास समेत गरेका छन । कोरोना भाइरसको रोकथाम तथा नियंत्रणको लागि औषधि छिड़काव , मास्क ,हैण्डवास , साबुन , सैनटाइजर , वितरण गर्ने कार्य तीव्र रुपमा सञ्चालनमा ल्याइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here