बाँके ।। कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपालगञ्ज जमुनाहा नाकामा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । नेपाल र भारत तर्फका सुरक्षाकर्मीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारी साधनदेखि ई रिक्सासम्म सञ्चालनमा हिजोदेखि रोक लगाएका छन् । नेपालतर्फ सीमाभन्दा करिब ३ किलोमिटर भित्र चौलिक्का चोकसम्म मात्र सवारी साधन सन्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि आवात जावत भने यथावत छ । भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखनिय मात्रामा रहेको छ । नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिकहरु सीमामै रोकिएका छन् । भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो । नेपालगञ्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले आजदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको थियो । हिजो बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
नेपालगञ्ज जमुनाहा नाकामा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।