जनकपुर ।। प्रदेश नं. २ को नामकरण र राजधानी आजै टुँगो लाग्ने भएको छ । प्रदेश नं. २ का साँसदहरुले प्रदेशको राजधानी र नामको बारेमा फरक फरक मत दिएपछि बहुमत हेतु गोप्य मतदान प्रक्रिया अपनाइएको छ । अहिले गोप्य मतदान सुरु भएको छ भने केही घण्टामै अन्तिम नाम र राजधानी तय हुनेछ ।  प्रदेश नं. २ को बसेको प्रदेश सभामा सभामुख सरोज कुमार यादवले विभिन्न दलले पेश गरेको नामको प्रस्ताव र राजधानीको प्रस्तावको लागि मौका दिनुभएको थियो । 

बैठक बसेर विभिन्न दलका साँसदहरुले मधेश प्रदेश, जानकी प्रदेश, मिथिला प्रदेश हुनुपर्ने भनेपछि गोप्य मतदान मार्फत नै जान भनिएको हो । कुन नाम र राजधानीका पक्षमा बढी मत आउने सोही अनुसार नामाकरण र स्थायी राजधानी पनि तय हुनेछ । 

प्रदेश सभाको बैठक २ घण्टाको लागि स्थगित गरिएको छ भने पुनःः करिब ४ बजेदेखि भोटिँग पश्चात सभा सुरु हुनेछ । सोही सभा मार्फत नाम र राजधानी तय हुनेछ । 

प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका छन् ।

प्रदेशमा  रहेको १ सय ७ साँसद (आजको मतदाता) हरुमध्ये  अहिले जानकी प्रदेशको लागि मतदान हुँदैछ । नेपालको तर्फबाट राखिएको जानकी प्रदेश उपर गोप्य मतदान सुरु भएको छ भने यसपछि काँग्रेसले उठाएको मिथिला भोजपुराको लागि मतदान हुनेछ । 

यी दुई नाममा ७२ मत भन्दा कम मत खसे अन्त्यमा समाजवादी र राजपाको सँयुक्त नाम मधेश प्रदेशको लागि मतदान हुनेछ । 

श्राेत ः न्युजब्युराे

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।


हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here