रौतहट ।। अगामी चैत ६ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को
तयारी अन्तमि चरणमा पुगेको छ । रौतहट जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन हुने एसईई परीक्षाको तयारी अन्तीमा चरणमा पुगेके जिल्ला शिक्षा विकास इकाइ कार्यालय रौतहटले जनाएको छ । रौतहट जिल्लामा ६५ सामुदायिक विद्यालय,१७ संस्थागत विद्यालय,१ खुला विद्यालय र ६ प्राविधिक विद्यालय गरेर ८७ वटा विद्यालयबाट एसईइ दिने विद्यार्थीले ३० वटा परिक्ष केन्द्रबाट कुल ७७०५ परीक्षार्थीले एसईइको परीक्षा दिने भएका छन् । जिल्ला शिक्षा इकाइ कार्यालय प्रमुख रामविनय सिंहका अनुसार ३० जना केन्द्र अध्यक्ष,३८८ निरिक्षक,७६ परीक्षा सहायक,१५५ कार्यालय सहयोगी र ५४० सुरक्षाकर्मी परिचालन हुने छ ।
शिक्षा इकाइ कार्यालयद्धारा जिल्ला समन्वय समितिको कार्यालयमा नियुक्त भएका केन्द्राध्यक्षहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले परिक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गराउने केन्द्राध्यक्ष विरुद्ध कारवाही हुने बताए । परिक्षा केन्द्रमा खलल पुर्याउने तत्वहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समातेर कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन कटिबद्ध रहेको हुँदा परिक्षालाई सभ्य एवं मर्यादित बनाउने कार्यमा केन्द्रध्यक्ष बाहेक स्थानीय अभिभावकहरुको त्यतीकै जिम्मेवारी हुने गरेको स्पष्ट पारे । अहिले विश्वव्यापी महामारीका रुपमा रहेका कोरोना भाइरसबाट सचेत रहन प्रत्येक परिक्षाकेन्द्र बाहिर हेल्प डेक्सको स्थापना गर्ने नेपाल सरकार शिक्षा मन्त्रालयको लक्ष्य रहेको हुँदा अनिवार्य रुपमा चेकजाँच गराएर परिक्षाकेन्द्र भित्र जान समेत उनले बताउदै नियमित रुपमा एसइइ परिक्षा अनुगमन समितिको अनुगमन गरिने बताए ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परिक्षा चैत १७ गते सम्म सञ्चालन हुने छ ।