एजेन्सी ।। कोरोना भाईरस (केभिड–१९)को संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये उनी कम उमेरका व्यक्ति हुन् ।
गार्सियाले मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिने गरेका थिए । कोरोना भाइरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा लैजानेबित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताए । पछिल्लो समयमा युरोपमा इटली र स्पेन कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here