अछाम ।। यस वर्ष यही चैत ६ गते बाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईइको तयारी अछाममा पूरा भएको छ । १७ गतेसम्म हुन लागेको एसइई परीक्षाको तयारी पूरा भएको हो । जिल्ला भरि नै मर्यादित र ब्यवस्थित ढंगबाट परीक्षा गर्नका लागि तयारी पूरा गरिएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताउनु भएको छ । अछाम जिल्लाभरि जम्मा २४ वटा परीक्षा केन्द्रमा ४ हजार ६ सय ६६ परीक्षार्थीहरु सहभागी हुँदैछन् । जसमा २ हजार २ सय ४९ छात्र र २ हजार ४५ हजार छात्रा गरि कुल ४ हजार २ सय ९४ जना तथा प्रविधिक धारतर्फ जम्मा १ सय ९ जना तथा गे्रड बृद्धि तर्फ २ सय ६३ जनाले यो वर्ष छुट्टाछुट्टै परिक्षा केन्द्रबाट एसइईको परिक्षा दिन लागेको उहाँले उल्लेख गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।