काठमाडाैं ।। कोरोना भाईरस अर्थात् कोभिड १९ विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्न सहमत भएका छन् । कोरोनाको सङ्क्रमणविरुद्ध लड्न आपतकालिन कोष स्थापना हुने भएको छ । सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच हिजो साँझ भएको भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त आपत्कालीन कोष स्थापनाको प्रस्ताव गरेपछि अरु मुलुकले समर्थन जनाएका हुन् । सम्मेलनको संयोजन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मार्फत कोरोना भाइरसविरुद्ध एक भएर लड्नुपर्ने बताउनुभयो । मोदीले कोरोना भाइरसको सङ्क्रमण रोक्न आपतकालीन कोष स्थापनाको प्रस्ताव गर्दै भारतले तत्काल एक करोड अमेरिकी डलर कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो । कोषमा जम्मा भएको रकम कोभिड १९ का विरुद्ध जुनसुकै देशले प्रयोग गर्न सक्ने छन् । सार्क देशका प्रमुख तथा प्रतिनिधिहरूले कोष स्थापना गर्ने मोदीको प्रस्तावको स्वागत गर्दै कोभिडविरुद्ध अनलाइन तालिम तथा साझा सफटवेयर बनाउनेमा जोड दिए । सार्कको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई कोरोना भाइरसको रोकथामका लागि अग्रसरता लिएकोमा धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालीहरुको भेटमा नमस्ते गर्ने परम्पराले कोरोनाबाट जोगिन सहयोग पुग्ने बताउँदै गर्दा भारतीय प्रधानमन्त्री मोदी हाँस्नु भएको थियो । छलफलमा पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जाेले सार्क सचिवालयलाई कोरोनाविरुद्ध सक्रिय बनाउन र सार्क राष्ट्रका स्वास्थ्यमन्त्रीको अनुभव आदान प्रदान गर्ने संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभयो । सम्मेलनको सुरुमा आठैवटा मुलुकका प्रमुख तथा प्रतिनिधिले कोरोना भाइरसको सङ्क्रमण रोक्न भएका तयारीका बारेमा जानकारी गराएका थिए भने दोस्रो चरणमा कोरोनाविरुद्ध लड्नका लागि प्रस्ताव गरिएको कोष र सार्कस्तरमा आवश्यक संयोजनका बारेमा आआफ्नो विचार राखेका थिए । मिगौला प्रत्यारोपणको करिब दुई सातापछि सार्वजनिक अभिव्यक्ति दिनुभएका नेपालका प्रधानमन्त्री ओलीको स्वर ‘भास्सिएको’ सुनिन्थ्यो । भने पाकिस्तानलगायत मुलुकका प्रतिनिधिले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here