काठमाडौं ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (केभिड–१९)को विश्वभर फैलिरहेको बेला कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दक्षिण एसियाली सहयोग संगठन)सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
मोदीले भिडिओ कन्फरेन्समार्फत् आवश्यक रणनीतिहरु आदान–प्रदान गरेर यस क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सकिने पनि बताए । संकटको बेला सँगै उभिएर दुनियाँलाई उदाहरण पेश गर्न सकिने र विश्व स्वास्थ्यका लागि योगदानसमेत गर्न सकिने प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।
भारतमा शुक्रबारसम्म कोरोनाभाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएकोमा उनी निको भइसकेका छन् ।
कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।